१४ वर्षिय बालिकाको बलात्कार पछि हत्या भएको भन्दै न्याय खोज्दै शव लिएर उनका बाबुआमा काठमाडौ सम्म आइपुगेका छन् । चितवनको रत्ननगर नगरपालिका– १० मा रहेको एकता शिशु निकेतनको छात्रावासमा झुण्डिएर मृत भेटिएकी कक्षा ८ मा पढ्दै आएकी १४ बर्षिय बालिका सालिन पोखरेलको बलात्कार पछि हत्या भएको उनका बाबु दिपेन्द्र पोखरेलले आरोप लगाएका छन् ।
उनले आफ्नी छोरीको होस्टेल वार्डेनले बलात्कार गरि हत्या गरेको आरोप लगाएका छन् । सालिनको न्यायका लागि भन्दै बुवा दिपेन्द्र पोखरेल र आमा सगुन अधिकारीले उनको शव काठमाडौँ ल्याएर आएका छन् । उनको शब अहिले पोष्टमार्टम गरिसकेपछि टिचिङ अस्पिताल महाराजगञ्मा राखिएको पोखररेलले बताएका छन् ।
उनका अनुसार, पोष्टमार्टमका क्रममा उनको चोट देखिएको छ भने, प्राण गइसकेपछि पनि शरिरका बिभिन्न अंगमा चिमोटेका निलडामहरु रहेका छन् । बलात्कार भएकै कारण ती घाउ हरु भएको तथा हत्या भैसकेपछि प्राण् गयो कि गएन भनेर चिमोटेर बिचार गरेको हुनसक्ने उनले बताएका छन् । सबै मिलेर आफ्नी छोरीलाई दोस्रो निर्मला पन्थ बनाउन खोजेको आरोप लगाएका छन् । उनले आफ्नी छोरीको शबमाथी बार्गेनिङ गर्न आएको उनले बताएका छन् । सेटलमेन्ट गरौ भन्दै प्रलोभन देखाएको उनको भनाई छ । सालिनलाई अब लगत्तै अर्को बिद्यालय पढाउने तैयारी उनका बुवाको थियो ।
उनको मृत्युपश्चात त्यो रुममा समेत आफुलाई राम्ररी हेर्न समेत नदिएको पोखरेल बताउँछन् । छोरीलाई बलात्कार गरी हत्या गरेपछि अपराध लुकाउन छोरीका कपडा भिजाएर रखिदीएको आरोप लगाएका छन् । आफु मरेर भएपनि पनि छोरीलाई न्याय दिलाइछाड्ने बताए ।
गोरखा घर भइ रत्ननगर– १५ मामाघरमा बसी अध्ययन गर्दै आएकी १४ वर्षीया सालिन पोखरेल शनिबार बिहान मृत भेटिएकी थिइन् । उनी बिहान करिब साढे १० बजेतिर आफ्नै कोठामा झुण्डीएको अवस्थामा भेटिएकी थिइन् । छात्राबासमा रहेको आफू बस्ने कोठाको सिलिङ फ्यानमा स्काउटको डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएकी उनको परिवारले छोरीको हत्या भएको आरोप लगाएका थिए । दुई वर्षअघि विद्यालयमा भर्ना भएकी उनी कक्षा ८ की छात्रा हुन् । उनलाई विद्यालयकै शिक्षकले हत्या गरेर झुण्ड्याएको दाबी गर्दै अभिभावकले शव बुझ्न मानेका थिएनन् । जिल्ला प्रहरी कार्यालय चितवनमा विद्यालयका प्राचार्यसहित तीन शिक्षकविरुद्ध किटानी जाहेरी दर्ता गराएपछि सोधपुछका लािग बिद्यालयका प्राचार्य सहित ३ जनालाई नियन्त्रणमा ल्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश रिमालका अनुसार ज्यान अभियोगमा मृतकका बाबु दीपेन्द्र पोखरेलले जाहेरी दर्खास्त दिएका छन् । किटानी जाहेरीमा विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक र छात्रावास वार्डेनलाई विपक्षी बनाइएको उनले बताए । प्रहरीले अनुसन्धानका लागि बिद्यालयका प्रधानाध्यापक तथा सञ्चालक बालहरी देबकोटा , शिक्षक किरण अधिकारी र कमल शर्मा पौडेललाई नियन्त्रणमा लीएको हो । चितवनमा यो घटनालाई छिटो सल्टाउन खोजेको भएका कारण गलत रिर्पोट निकाल्न चलखेल हुन्छ की भन्ने लागेर काठमाडौ स्थित टिचिङ अस्पतालमा ल्याएको दिपेन्द्र पोखरेलले बताएका छन् । छोरीको न्यायको लागि बोल्दा प्रहरी प्रसासनबाट पनि बलजफ्ती गरेको आरोप लगाएका छन् । सालिनकी आमा सगुन अधिकारीले पछिल्लो समय होस्टेल वार्डेनले राम्ररी बोल्न पनि नदिएको आरोप लागएकी छिन् । उनीहरुले आफ्नी छोरीको हत्यारालाई हदैसम्मको कारवाहिको माग गरेका छन् ।
