यस्ता सांसद जसले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य शिबिर गरे, त्यतीमात्रै होइन आर्थिक अवस्था कम भएकाहरुलाई मध्यनजर गर्दैै अपरेसन पनि निःशुल्क गरिदिने घोषणा गरेका छन् । स्वास्थ्यमा मात्रै होइन शिक्षालाई पनि उनले उत्तीकै जोड दिएका छन्, उनले पढ्न इच्छा भएका तर बिबिध कारण बस पढ्न नपाएकालाई सिए पढाउँछु समेत भनेका छन् । हो यी हुन् नेपाली कंग्रेसका नेता तथा सांसद डाक्टर सुनिलकुमार शर्मा ।। त्यस्तै अर्का सांसद छन् जसले आफ्ना नागरिकको स्वास्थ्य र शिक्षा प्रति निकै चासो राख्दै उक्त शिबिरको लागि पहल गरे र हर प्रहर लागिरहे । यी हुन् प्रतिनिधीसभा सांसद दिलेन्द्र प्रसाद बडु । हामीले धेरै ठाउँमा दुई सांसदको मिलोमतोमा भ्रस्टाचार गरे ,काम गरेनन् भन्ने सुन्छौँ तर यी दुर्ई सांसादले भने नागरिकको मन जित्ने काम गरेका छन् । र यी दुबैलाई साथ दियो दार्चुलाको शैलेशिखर नगरपालिकाले ।
स्वास्थ्यकर्मीको टोलीसहित सुदुरपश्चिम भ्रमणमा दार्चुला पुगेका नेपाली कांग्रेसका नेता ,सांसद तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डाक्टर सुनिलकुमार शर्मा र सांसद दिलेन्द्र प्रसाद बडुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । उक्त निःशुल्क स्वास्थ्य शिविरमा काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले एके दिनमा २ हजार तीन सय बढी विरामीको निःशुल्क स्वास्थ्य जाँच गरेका छन् । यसमा सहजिकरण भने शैलेशिखर नगरपालिकाले गरेको थियो ।
उक्त शिविरलाई संवोधन गर्दै सांसद शर्माले दूरदराजमा रहेका जनताको सेवा गर्न आफुले निःशुल्क स्वास्थ्य शिविर लिएर आएको बताए । स्वास्थ्य सेवामा सबैको पहुँच हुनुपर्ने मान्यता आफ्नो रहेको जिकीर गर्दै सांसद शर्माले राजनीति र समाजसेवा एकसाथ अगाडी बढाउनु पर्नेमा जोड दिए ।
सांसद दिलेन्द्र प्रसाद बडुको पहलमा भएको उक्त शिविरमा २ हजार ३ सय ६४ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा १९७ जनाको इसिजी, ४०१ जनाको ल्याब परीक्षण, ३८५ जनाको भिडियो एक्सरे, १६४ जनाको इको गरिएको छ । साथै, १०३ जनाको दाँत खोलिएको केएमसीका जनरल मेनेजर दाहालले जनाए ।
निःशुल्क स्वास्थ्य शिविरमा उपचार गराउन सो नगरपालिका भित्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्तहरुको बाक्लो उपस्थिति रहेको थियो । आफ्नो जिल्ला र प्रदेश भन्दा बाहिरबाट सांसद विशेषज्ञ डाक्टरसहित आफ्नो गाउँघर आएकोमा सो क्षेत्रका नागरिकहरुले खुसी व्यक्त गर्दै डा. शर्मालाई आशिर्वाद समेत दिएको बडुका स्वकिय सचिब केशर भण्डारीले जानाकारी दिए।
सांसद शर्माले निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउँदा अपरेशन गर्नुपर्ने १४६ बिरामीलाई निःशुल्क अपरेशन गर्ने घोषणा समेत गरेका छन् । स्वास्थ्य शिविरमा आएका गम्भिर प्रकारका विरामीको अपरेशनका लागि केएमसी अस्पतालमा फागुन २ गतेका दिन शतप्रतिशत निःशुल्क उपचारको व्यवस्था गर्ने उनले बताए । यसअघि बैतडीको दोगडाकेदार गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १०३ जना बिरामीको समेत निःशुल्क अपरेशन गरिदिने घोषणा गरेका थिए । स्वास्थ्य सेवा नपाएर दुरदराजमा उपचारको अभावमा बाँचिरहेका नागरिकलाई बचाउन डा. शर्माले निःशुल्क उपचारको घोषणा गरेका हुन् ।
डा. शर्माको नेतृत्वको स्वास्थ्य टोलीले २४ गते बैतडीको पाटन र २५ गते धडेलधुरामा निःशुल्क स्वास्थ्य शिविर चलाउने कार्यतालिका रहेको छ । त्यस्तै सांसद डा. सुनिल शर्माले दार्चुलाका २ जना विद्यार्थीलाई निःशुल्क सीए पढाउने तथा उनीहरुको जागिरको पनि ग्यारेन्टी लिने घोषणा गरेका छन् । मोरङ क्षेत्र नं ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले दार्चुलाका २ जना विद्यार्थीलाई निःशुल्क सी.ए. (चार्टर्ड एकाउण्टेण्ट) पढाउने भएका हुन् । सांसद शर्माले उक्त घोषणासंगै जागिरको समेत ग्यारेन्टी घोषणा गरेका छन् । क्याम्पसमा अध्ययनरत इच्छुक अब्बल २ विद्यार्थीहरुलाई काठमाडौँ अथवा विराटनगरमा पढ्ने इच्छा भए पढाइको सम्पूर्ण खर्च आफूले बेहोर्ने उनले बताएका छन् ।
