फिल्म ‘खजुरे ब्रो’ मा धरानका उपमहानरपालिकाका मेयर हर्क सा म्पाङलाई पनि देख्न पाइने भएको छ । बेला बेला हास्यास्पद र विवादात्मक स्टाटस लेख्ने तथा प्रतिक्रीया दिएर चर्चामा आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अब नेपाली चलचित्रमा देखिने भएका हुन् । स्वतन्त्र उम्मेद्धारीबाट मेयर बनेका साम्पाङलाई खजुरे ब्रो को निर्माण युनिटले उनलाई फिल्ममा अतिथि भूमिकामा अभिनय गराएको हो । साम्पाङको चरित्रको छायाङ्कन सकिएको निर्माण युनिटले जानकारी दिएको छ ।
‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्यले निर्माण भएको फिल्ममा नगर प्रमुखको भूमिका थियो’, कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने, ‘त्यही भूमिकामा उनलाई अभिनय गराएको हो ।’
‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक फिल्म हो । धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठुलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ । यस फिल्म भित्र मेयर साम्पाङको एक मिनेटको भूमिका रहेको निर्माणपक्षले बताएको छ ।
दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा ‘खजुरे ब्रो’ बनेको हो । फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको मुख्य भूमिका रहनेछ ।
फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन रहेको फिल्ममा अनमोल गुरुङको सङ्गीत छ । फिल्मको अहिले धरान आसपासका स्थानमा छायाङ्कन भइरहेको छ । दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा सहयोगी इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको छ । फिल्म जेठ महिनामा प्रदर्शन हुनेछ ।
दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको युनिटले बंगलामुखी मन्दिर पुगेर गत मंसिर अन्तिममा शुभ साइत गरेको थियो । कमेडी जनरामा बन्ने फिल्मको लेखक पनि निर्देशक सुनुवार स्वयम् हुन् । सुनुवारले ८ वर्षअघि फिल्म ‘षडङ्ग’को निर्देशन गरेका थिए । ‘खजुरे ब्रो’उनको कमब्याक फिल्म हुने जानाकारी गराइएको थियो ।
नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गर्ने फिल्म माघ पहिलो साताबाट फ्लोरमा जाने बताएका थिए । फिल्ममा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरूको नाम भने निर्माण टिमले गोप्य नै राखेका थिए ।
अहिलेको दर्शकहरुको चाहनाअनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ फिल्म निर्माण गर्न लागिएको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । फिल्ममा अनमोल गुरुङको संगीत रहनेछ । इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा फिल्मको छायाँकन गरिने जनाइएको छ । पछिल्लो समय बिभिन्न प्रतिक्रीया तथा उनको काम गर्ने तरिकाका कारण निकै चर्चामा आएका साम्पाङ केही समय अगाडि उपमेयरसंगको झगडाका कारण पनि फेरी चर्चामा आएका थिए । उनले चलतित्रमा कुन क्यारेक्टरको अभिनय गरेका छन् त्यो भने हेर्न बाकी नै छ । तर उनि अभिनित चलचित्र हेर्न भने दर्शकहरु आतुर देखिएका छन ।
