कञ्चनपुर नगरपालिका–७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका–६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को। २५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
