पानी भरिएको बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका – १ शान्तिनगरकी सृतना चौधरीकी छोरी आरोहीको शनिबार पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नल्का ९पानी तान्ने कल०मा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको हो। शनिबार उनी चमेलीपुर मामाको घर गएकी थिइन्। बाल्टीमा डुबेर गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ।
