आफ्नो अमेरिका यात्रालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित बनेकी छन् । उनको टिप्पण्ीबाट आक्रोशित भएकी थापाले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत लिङ्देनलाई जवाफ दिएकी छन् ।
लिङ्देनले हिजो एक सार्वजनिक कार्यक्रममा रेखाप्रति घुमाउरो टिप्पणी गरेका थिए । देशको दुरावस्था चित्रण गर्ने क्रममा उनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए । यसलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनेकी हुन् ।
उनले फेसबुकमा लिङदेनको नाम उल्लेख नगरी लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’स्मरणीय छ कि रेखा राप्रपाकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुन् । उनी पार्टीको महाधिवेशनमा लिङदेनकै प्यानलबाट महामन्त्रीमा उठेर पराजित बनेकी थिइन् ।
राप्रपा अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । उनी उच्च शिक्षा अध्ययनका लागि एक वर्षअघि गएको निकट स्रोतले बतायो ।उनी अध्ययनका लागि मात्रै गएको , अध्ययन सक्नेवित्तिकै फर्किने लिङ्देन निकट स्रोतले बताएको छ । लिङदेनका दुई छोरा नेपालमै अध्ययनरत छन् । रेखाले पार्टीलाई जानकारी नदिई अमेरिका गएको तथा अहिले अध्यक्षविरूद्ध गरेको टिप्पणीलाई गम्भीर रूपमा लिइने पार्टीका एक नेताले बताएका छन् ।
‘अध्यक्षले देशको अवस्था र प्रवृत्तिको चित्रण गर्दा उहाँको उदाहरण दिनुभएको थियो, तर उहाँले व्यक्तिगतरूपमा लिएर अध्यक्षमाथि नै खनिनु ठीक भएन’ स्रोतले भन्यो । लिङ्देनले हिजो एक सार्वजनिक कार्यक्रममा रेखाप्रति घुमाउरो टिप्पणी गरेका थिए । देशको दुरावस्था चित्रण गर्ने क्रममा उनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए । यसलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनेकी हुन् ।
उनले फेसबुकमा लिङदेनको नाम उल्लेख नगरी लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’ उनको स्टाटसले आफुलाई लिङदेनले अमेरिका भएको प्रति टिप्पणी गर्नेले आफ्नी अमेरिकामा रहेकी छोरीलाई नेपाल बालाए भइहाल्छन नी भन्ने अथए दिन खोजेको जस्तो देखिन्छ । उनी उच्च शिक्षा अध्ययनका लागि एक वर्षअघि अमेरिका गएकी हुन् । हिम्मतवाली अभिनेत्रीको रुपमा चिरपरिचित अभिनेत्री थापा केही समय अगाडी अमेरिका गएकी हुन्। त्यहाँ पुगेपछी उनले बेबी सावर गरेको तस्विर सार्वजनिक गरेकी थिइन् ।
