राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकाा उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेले ठूला सहकारी नियमन गर्न राष्ट्र बैंकलाई ‘फिल्ड’ मा उतार्नुपर्ने बताएका छन् ।
सहकारी नियमन गर्न तत्काल दोस्रो तहको नियामक निकाय स्थापना गर्नुपर्ने र नियमन निकाय स्थापना नहुन्जेल ३ वर्षसम्म ५० करोड वा १ अर्बभन्दा माथिको कारोबार गर्ने सहकारी अनुमगन गर्न खटाउनुपर्ने उनले बताए ।
रास्वपाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले १ अर्बभन्दा बढीको कारोबार गर्ने सहकारीको राष्ट्र बैंकको विशेष टोली खटाएर एउटा प्रतिवेदन पेश गर्नुपर्ने बताए ।
‘
