एउटा निकै अनौठो घटना बाहिरिएके छ ।एउटा बिहेमा बेहुला नआएपछि बेहुलीले आफ्नै भिनाजुसँग विवाह गरेको तथ्य प्रकाशमा आएको छ । सुन्दा पत्याउन गाह्रो हुने , कुनै फील्मको स्कृप्टमा पनी खासै नदेखिने जस्तो यो घटना , सत्य घटना हो । भारतको उत्तर प्रदेश राज्यको झाँसीमा यस्तो घटना प्रकाशमा आएको हो । सामान्यतया कुनैपनि बिवाहमा कुनै कारणबस बेहुला नआएपछि बिवाह केहि समयका लागि सर्छ कि रद्ध नै होला । तर यहाँ निकै अचम्मको बिवाह भएको छ । हामिले देखे र सुने अनुसार टाढा बाट जन्ती आउनुपर्दा कोही बेहुला ढिालो आएका घटनाहरु धेरै छन् । बाटो वा अन्य कुनै समस्याका कारण कहिलेकाही राति नै हुनसक्ने पनि हुन सक्छ , त्यस्तो केसमा बेहुती तथा उनका परिवारले जन्ती कुरेरै बसेका हुन्छन् । तर झासिमा एक बेहुलीले आफ्नो बेहुला आउन ढिलो भएको भन्दै आफ्नो भिनाजु नाता पर्नेसंग बिवाह गरेकी छिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुख्यमन्त्री सामूहिक विवाह योजना अन्तर्गत मंगलबार विभिन्न जोडीको विवाह कार्यक्रम थियो ।सोही कार्यक्रममा झाँसीको बामोर निवासी खुसी नाम गरेकी युवतीको विवाह मध्यप्रदेशको छतरपुर निवासी बृषभानसँग हुने तय भएको थियो । सामूहिक विवाहमा उनीहरुको रजिस्ट्रेसन नम्बर ३६ थियो ।
तर विवाह सकिनासाथ बेहुलीले आफ्नो सिन्दुर र टीका पुछेकी थिइन् । सोधपुछका क्रममा उनले आफ्नै भिनाजुसँग विवाह गरेको पाइएको हो । खुसीको सिउँदोमा सिन्दुर भरेका पुरुषले आफ्नो नाम बृषभान नभएर दिनेश रहेको बताएका थिए ।
दिनेशका अनुसार खुसीसँग बृषभानकै विवाह हुने तय थियो । तर सामूहिक विवाह कार्यक्रममा बेहुला आइनपुगेका कारण आफूले विवाह गरेको उनले बताए । उनले आफू विवाहित रहेको र खुसी साली पर्ने पनि जानकारी दिए ।
दिनेशका अनुसार सरकारी अधिकारीहरुकै सल्लाहमा उनी बृषभानको ठाउँमा बेहुला बनेका थिए । विवाह समारोहमा सरकारका तर्फबाट प्राप्त हुने आर्थिक सहयोग हासिल गर्नका लागि यस्तो खेल भएको स्रोत बताउँछ ।
बेहुली खुसीले टाढाबाट आउनु परेका कारण समयमै बेहुला आइनपुगेपछि आफूले भिनाजुसँग विवाह गरेको बताइन् । ‘यो गलत हो भन्ने मलाई थाहा छ, तर हाम्रो पनि समस्या थियो, फर्म भरिसकिएको थियो, सबै कुरा अनलाइन दर्ता भइसकेको थियो,’ उनले भनिन्, ‘म मण्डमा पुगिसकेकी थिएँ, त्यसैले विवाह गर्नुप¥यो ।’
समाज कल्याण अधिकारी ललिता यादवले यसबारे उजुरी परेमा आवश्यक कारबाही गर्ने बताएकी छन् । यसैबिच गएको २५ जनवरीमा भएको मुख्यमन्त्री सामूहिक विवाहमा ५६० जोडिको बिवाह गराइएको बताइएको छ । त्यो बिवाहमा कतिपय बेहुलीले आफै बरमाला पहिरिएएको तथा बेहुला बिनै बिवाह गराइएको भन्दै बिवादित बनेको थियो । सरकारले ५६० जनाको बिवाह गराइदिएको दावि गरेपनि जम्मा ५०० जोडिलदे मात्रै बिवाह गरेको स्थाजिनयले दावि गरेका थिए । त्यहाँका केही ब्यक्तीहरुले सबवाहमै सहमती तथा मण्डपमै घोटला भएको भन्दै चर्को आलोचना गरेका थिए ।
