दर्शकबृन्द क्रिकेट जगत भन्दा बाहिर रहेका सन्दिप लामिछाने अस्पतालमा रहेको खबर बाहिरिएको छ । त्यो संगै उनका शुभचिन्तकहरुमा उनलाई के भयो भन्ने बिषयमा कौतुहलता बढेको छ । क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । काठमाडौंको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको हो ।
हिजो साझ उनको शल्यक्रिया सफलतापुर्वक सकिएको निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ । गएको बैसाखमा सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए । त्यस बेला उनका शरीरमा रहेका ६ वटा लाइपोमाको शल्यक्रिया गरिएको थियो ।
पहिल्यैदेखि यस्तो समस्या भोग्दै आएका सन्दिपले क्रिकेटमा व्यस्तताले गर्दा शल्यक्रिया गराउन भ्याएका थिएनन् । अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन् । जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालतमा पुनरावेदन गर्ने सन्दीपको तयारी छ ।
सन्दीप मानसिकरूपमा पनि समस्यामै रहेको पारिवारिक स्रोत बताउँछ । अदालतको फैसलाबाट स्तब्ध बनेका उनी आफूलाई सेल्फ आइसोलेसनमा राखिरहेका छन् । अस्पताल आउनुअघि घरबाट हम्मेसी बाहिर निस्किएका थिएनन् । क्रिकेट टीमका सदस्यहरूसँग उनको सम्पर्क छैन । स्रोतका अनुसार एकाधबाहेक खेलाडीले उनलाई फोन म्यासेज गरेका छैनन् । उनको सल्यक्रियाको खबर बाहिरिएसंगै उनका प्रशंसकहरुले शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
यसैबिच सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन् । फैसला पुनरावलोकनका लागि भोलि उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ । जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइहँदा सन्दीपले कानूनी चुनौति दिन लागेका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् । सन्दीप अहिले अस्पतालमा छन् । उनको शरीरका रहेको लाइपोमाको शल्यक्रिया भइरहेको छ । हिजो उनको शरीरका सातवटा गिर्खा निकालिएको थियो भने आज थप ४ वटा निकालिएको छ ।
पुस १३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो। तर अदालतले सरकारी दावीविपरित पिडित भनिएकी युवती १८ वर्षभन्दा बढी उमेरको भएको निष्कर्श निकालेको थियो। सोही ठहरपछि त्यसै दिन उनलाई बढीमा १० वर्ष र कम्तिमा ७ वर्ष जेल सजाय हुने पक्का भएको थियो।
पछि शिशिरराज ढकालको एकल इजलासले सन्दीपलाई ८ वर्ष कैद सुनाएको हो। फैसलाको पूर्ण पाठ तयार भएको ७० दिनभित्र पुनरावेदन गरिसक्नुपर्ने नत्र फैसला स्विकार गरेको ठहरिने कानुनी प्रावधान रहेको छ। न्यायधिश ढकालले केही साता अघि फैसलाको पूर्ण पाठ तयार गरेका थिए। १० वर्षभन्दा कम सजाय हुने कसुर गरेकाले सन्दीपले जेल बाहिर बसेर यो मुद्दा लड्न सक्नेछन्। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको पनि पुनरावेदन गर्ने तयारी गरेको छ। सरकारी वकिल कार्यालयले पीडित युवती नाबालिग रहेको दावी गरेको थियो।
