आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्। कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो। वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो।
केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए । अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए । पवनको पत्नी सुम्निमासित विवाद चलिरहेको छ ।
पछिल्लो समय हाँस्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र उनकी पत्नी सुम्निमा खालिङको झगडा अहिले सञ्चारमाध्यममा छताछुल्ल भएको छ।
उनीहरुले एक अर्कालाई निकै डरलाग्दा र लज्जास्पद आरोप लगाएका छन् । केही समय अगाडी कलाकार खतिवडा मुखभरि घाउ लिएर अन्तर्वार्तामा आएका थिए । जुन भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो । उनले मुखभरीको घाउ आफ्नी श्रीमती सुम्नीमाले कुटपिट गर्दा भएको बताएका थिए ।
पवनले श्रीमती सुम्निमा र अभियान्ता भनिने सर्मिला वाइवाले कुटपिट गरेको दाबी गरेका थिए । सार्वजनिक भिडिओ क्लिप्लसमा पवनले आफूले अन्यायमा परेको भए पत्नी सुम्निालाई अदालतमा मुद्दा हाल्न सुझाव दिएको तर उनले त्यसो नगरी मिडियाबाजी गरेको आरोप समेत लगाएका थिए ।
साथै उनले आफूले कुनै गल्ती नगरेको र गल्ती भेटिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको जिकिर गरेका थिए । त्यसअघि सुम्नीमाले पत्रकार सम्मेलन गरेर पवले उनलाई जवसजस्ती सुधार केन्द्रको राखेको बताएकी थिइन । सुम्निमाले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको तथा आफू हुँदाहुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको आरोप लगाएकी थिइन् ।
त्यसपश्चात खतिवडाले पनि सुम्नीमाले असामान्य हर्कत देखाएको, आफु उल्टै सुम्नीमाको हिसां सहेर बसिरहेको भन्दै मिडियामा बोलेका थिए । उनले आफ्नी श्रीमती चरित्रमाथि पनि औला उठाएका छन् । त्यसपश्चात फेरी पालैपालो सुम्नीमा र पवन एकअर्काको पोल मिसिडयामार्फत खोलिरहेका थिए । सामाजिक सञ्जालमा उनीहरुको विवादबारे चर्चा अझै सेलाएको छैन । सुम्नीमालाई अन्याय परेको भन्दै सर्मिला वाइवाले रुदै पत्रकार सम्मेलन गरेर सुम्नीमालाई न्याय नदिलाए झुण्डीएर मर्ने समेत बताएकी थिइन्।
खतिवडा दम्पतीको यो बिवादमा घरका भन्दा बाहिरका धेरैले पालै कुरेर मिडियामा आफ्ना भ्यउ राखेका छन्। यो दम्पतिले नै आफुहरु एक अर्काबाट पिडित रहेको बताउँदै आएका छन् । तर एक अर्काले लगाएका आरोप स्विकार्न भने दुवै जना तैयार देखिदैनन् । उल्टै सबुत र प्रमाण छ भन्दै पटक पटक पत्रकार सम्मेलन गर्दै आएका छन् ।
उनीहरुको यो झगडाले उनीहरुको कच्चापन त देखउँछ नै, त्यो संगै हरेक कुरालाई बढाएर गलत कुरालाई पनि अंगालेर आफ्नो सम्वन्ध भन्दा पनि मिडिया या सामाजिक सञ्जाल नै सर्वेसर्वा हो भन्ने खालको नकारात्मक सन्देश फेलिन थालेको भान भैरहेको सरोकारवालाहरु बताउँछन् । कुनै पनि कुराको कानुनी पाटो हुने भएकाले आफ्नो झगडालाई पनि कानुनी तवरबाट सल्टाउनुको साटो यसरी सामाजि सञ्जालमा दशा देखाउनुले सामाजिक बिकृती फैलिएको सरोकारवालाहरुको भनाई छ ।
