शुक्रबार नेपाली सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६३ अंकले बढेर २७०२ अंकमा कायम भएको छ । आज कुल ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।
बजारमा नयाँ सूचीकृत कम्पनीहरूको सेयरले ध्यान आकर्षित गरेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य अधिकतम १५ प्रतिशतले बढेको छ । यी दुवै कम्पनीको सेयरमा लगानीकर्ताको राम्रो चासो देखिएको हो ।
तर, केही कम्पनीको सेयरमा भने गिरावट आएको छ । बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १२.४५ प्रतिशतले घटेको छ ।
