काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि जापान सरकारले करिब ४० करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले निर्वाचन खर्चका लागि जापानसँग छलफल भइरहेको जानकारी दिएको छ।
जापानको अनुदानमा सञ्चालित आयोजनमा खर्च हुन नसकेको रकम निर्वाचन प्रयोजनका लागि उपलब्ध गराउने सम्बन्धमा छलफल भइरहेको छ। अनुदान ग्रहण गर्ने सम्बन्धमा सम्झौताको चरणमा रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।
वस्तुगत सहयोग अन्तर्गत नेपालले भारतसँग ७०० भन्दा बढी गाडी माग गरेको छ। दुई लटमा भारतले २०० भन्दा बढी गाडी उपलब्ध गराइसकेको छ। बाँकी गाडी आउने न आउने भन्ने टुंगो लागेको छैन। यी गाडी नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन आयोगले चुनावका लागि प्रयोग गर्नेछ।
