प्रहरी प्रधान कार्यालयले सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमल्सिनालाई कारबाहीस्वरूप हेडक्वार्टर तानेको छ।
तिमल्सिना तीन महिनाअघि पुस २१ गतेमात्रै सिन्धुली सरूवा भएका थिए।
कमजोर कार्यक्षमता, आन्तरिक तथा बाह्य रूपमा समय अनुकूलको सेवा दिन नसकेकाले उनको काज सरुवा गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनायो।
तिमल्सिनाको ठाउँमा सर्वोच्च अदालत सुरक्षामा खटिएका प्रहरी उपरीक्षक गोविन्द थपलियालाई पठाइएको छ।
‘प्रहरी आचरण व्यवहार, कार्यक्षमता र हाल प्रहरी दिनुपर्ने समयअनुकूलको सेवा दिन नसकेकालाई उहाँलाई कारबाहीस्वरूप प्रधान कार्यालय तानिएको हो,’ प्रहरीत्यसअघि तिमल्सिना केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् थिए। रञ्जु सिग्देलको सरूवा गर्दै प्रधान कार्यालयले तिमल्सिनालाई सिन्धुली जिल्लाको जिम्मेवारी दिएको थियो। महानिरीक्षकको सचिवालय स्रोतले भन्यो।
