सिर्जनशील युवा तथा कन्टेन्ट क्रिएटरहरूका लागि ‘सोफा हब’ ले एक उत्कृष्ट अवसर सार्वजनिक गरेको छ। सोफा हबको ‘मनसुन मेगा सेल’ र नेपाली उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले देशव्यापी भिडियो प्रतियोगिताको घोषणा गरिएको हो।
यस प्रतियोगिता अन्तर्गत सहभागीहरूले आफ्नो सिर्जनशीलता देखाउँदै आकर्षक भिडियो बनाउनुपर्नेछ। उत्कृष्ट ठहरिने भिडियोले १ लाख रुपैयाँसम्मको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन्। नेपाली प्रतिभालाई प्रोत्साहन गर्न र ब्रान्ड प्रवर्द्धनका लागि यो प्रतियोगिता सुरु गरिएको हो।
