काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले घनश्याम भुसाल चुनाव जितेलगत्तै जहिले पनि पार्टी फुटाउन लागिपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले भुसाललाई यस्तो व्यंग्य गरेका हुन् ।
“घनश्याम भुसालजीले जीवनमा दुईवटामात्रै निर्वाचन जित्नुभयो १. २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपर्यो । २. ०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो । चुनाव जित्यो कि फुटमा सक्रिय संयोग कि नियति ?,” थापाले लेखेका छन्
