काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच काठमाडौंको होटल मेरियटमा वार्ता भइरहेको छ ।
अहिले दुई नेताबीच एक्लाएक्लै वार्ता भइरहेको छ । प्रधानमन्त्री ओली दिउसोदेखि नै सोही होटलमा थिए भने नेता नेपालले आफू निकटका नेताहरुसँग नक्सालमै रहेको अर्को एक होटलमा छलफल गरेर मेरियट पुगेको स्रोतले जानकारी दिएको छ ।
यसअघि पनि नेता नेपाललाई बालुवाटारमा भेटवार्ताका लागि बोलाएको भए पनि नेता नेपाल त्यहाँ गएनन् । त्यसपछि धुम्बाराहीस्थित पार्टी कार्यालयमा वार्ता भएको थियो ।
