विराटनगर । प्रदेश १ सरकाले अध्यायदेश जारी गर्ने निर्णय गरेको छ । प्रदेश राजधानी विराटनगरमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को संसोधनका लागि अध्यायदेश जारी गर्ने निर्णय गरेको प्रदेश १ का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।
उनले प्रदेश आर्थिक कार्यविधि ऐन २०४७ संसोधन गर्न बनेको अध्यादेश जारी गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको बताएका छन् ।
उनले कार्यविधिबाट बजेट पेस हुनु भन्दा १५ दिन अगाडि प्रि–बजेट छलफल गर्नुपर्ने ब्यवस्था छ तर, कोरोना माहामरीका कारण अध्यायदेश मार्फत पाँच दिन अघि छलफल सक्ने व्यवस्था गरिएको जानकारी दिए ।
मन्त्री कार्कीले प्रदेश १ को जनसुरक्षा कोषमा प्रदेश सरकारको कोषबाट १० कारोड रुपैंया थप गर्ने निर्णय भएको जानकारी दिए ।
