काठमाण्डाै – सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरे सङ्गै हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले यसको स्वागत गरेका छन ।
शाहीले व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालल, सीमा विज्ञ, नागरिक समाज तथा सम्पुर्ण देश का लागी निरन्तर लडिरहने अभियान्ता लाई धन्यवाद सेमत दिएका छन ।
शाही समाजिक सञ्जाल फेसबुकमा लेख्छन् हामी सबैले निरन्तर आवज र जीवन लाई आहुती दिएर सरकार लाई खबरदारी गरेको परिणाम आज पाईएको छ ।
शाही थप्नु हुन्छ, सरकारको यतिकामले मात्रै पुग्दैन संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय अदालतमा नेपाल सरकारले मुद्दा हालेर नेपालको भुमी फिर्ता ल्याउनु पर्छ,
नत्र भने नक्सा हाम्रो हातमा जमिन भारतको साथमा हुनेछ। यदि यस्तो भयो भने नक्सा सार्वजनिक गर्नुको कुनै अर्थ रहने छैन ।
शाहीको स्टाटसः
मन्त्रिपरिषद्वारा लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज नक्सा सार्वजनिक गर्यो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालल, सीमा विज्ञ, नागरिक समाज तथा सम्पुर्ण देश का लागी निरन्तर लडिरहने अभियान्ता लाई धन्यवाद .हामी सबै ले निरन्तर आवज र जीवन लाई आहुती दिएर सरकार लाई खबरदारी गरेको आज परिणाम पाईएको छ तर एतिकाम ले मात्र हुदैन संयुक्तराष्ट्रसंघ , अन्तरािष्ट्रय अदालत मा नेपाल सरकार ले मुद्दा हालेर नेपाल को भुमी फिर्ता ल्याउनु पर्छ नत्र भने# नक्सा हाम्रो हातमा जमिन भारत को हातमा हुनेछ # नक्सा सार्बजनिक गर्नु को कुनै अर्थ रहने छैन ।

