बझाङ बुंगल नगरपालिका वडा नम्बर ९ मा बझाङमा एकै परिवारका ३ जना रूखमा झुण्डिएको अवस्थामा मृ’त फेला परेका छन् ।
मृ’त तीनै जना आमा, छोरा र छोरी भएको प्रहरीले जनाएको छ । बुंगल नगरपालिका वडा नम्बर ९ को रारू भन्ने ठाँउकी २२ वर्षीय गीता पार्की उनका ३ वर्षीय छोरा भुपेन्द्र पार्की र ५ वर्षीय छोरी रूखमा झुण्डिएको अवस्थामा फेला परेको वडा नम्बर ९ का वडा अध्यक्ष हरिश सिंहले बताउनुभएको हो ।
मंगलबार राति १२ बजे उनका श्रीमान पुष्कर पार्की भारतबाट घर पुगेको र बिहान छोरा, छोरी र श्रीमती रूखमा पासो लगाएर मृ’त अवस्थामा फेला परेका उहाँले बताउनुभयो ।
यो घटना रहस्यमय भएका कारण जिल्ला प्रहरी कार्यालय बझाङबाट घटनास्थलतर्फ प्रहरीको टोली खटिगएको छ । मृतक ५ वर्षीय बालिकाको नाम भने खुल्न सकेको छैन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
