काठमाडौं l संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले झरीमा भिज्दै इचंगु सडकको अनुगमन गरेका छन् ।
स्वयम्भू नागार्जुन वडा न। २ मा पर्ने इचंगु सडक निर्माणको काममा ढिलासुस्ती भएको गुनासो गरेपछी मन्त्री श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईसंगै अनुगमन तथा निरीक्षणमा गएका हुन् ।
लामो समय देखि सडकको कार्यमा ढिलासुस्ती भएको गुनासो पछि मन्त्री श्रेष्ठ झरीमा रुज्दै सडक निर्माण स्थलमा पुगेका थिए ।
निरीक्षणपछी मन्त्री श्रेष्ठले काठमाडौं उपत्यकाको यो बाटो निकै महत्त्वपूर्ण रहेकाले निर्माणको काम तिव्र गतिमा गर्न निर्देशन दिए ।
हिन्दुहरुको चार नारायण मध्ये एक नारायण यो ठाउँमा रहेको र त्यहाँसम्म जाने बाटो निर्मण सम्पन्न गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए ।
बाटो छिट्टै सम्पन्न गर्न निर्देशन दिँदै उनले कार्यकारी प्रमुख अधिकृत, प्राविधिक लगायत भौतिक मन्त्रालयको टिम नै गम्भीर रहेको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री राईले धार्मिक र पर्यटनको हिसाबले पनि महत्त्वपूर्ण क्षेत्र भएकाले तोकिएकै समयमा काम सम्पन्न हुने प्रतिवद्द्ता जनाए ।
सडक निर्माण सम्पन्न गर्न मन्त्रालयबाट आवस्यक पर्ने सम्पुर्ण कुराको परिपुर्ति हुने उनको भनाई छ ।

