दार्चुलामा जिउँदै जलाएर भाउजूको ह त्या गर्नेलाई आजीवन कैद सजाय सुनाएको छ l
दार्चुलाको जिल्ला अदालतले भाउजू नाता पर्ने एकल महिलालाई बलात्कार गरी ह त्या गरेको अभियोगमा एक अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको हो। बुधबार शैल्यशिखर नगरपालिका १ बारिलका भोजराज खडायतलाई आजीवन काराबासको सजाय सुनाइउको हो।
अदालत स्रोतका अनुसार खडायतलाई ज्यान मुद्दामा जन्मकैद सुनाइएको छ भने जबरजस्ती करणीमा ७ वर्ष, हाडनाता करणीमा १ वर्ष र डाँका मुद्दामा ७ वर्ष गरी थप १० वर्ष कारवासको सजाय सुनाइएको हो। साथै, बलात्कार र ह त्यापछि मृ तकको गहनासमेत लुटेका कारण डाँका मुद्दामा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिमाना तोकिएको छ।
मृ तक एकल महिला रहेकाले उनमा आश्रित परिवारको भरणपोषणका लागि तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत भएको बताइएको छ। गत जेठ २५ गते राति २ बजेतिर भोजराज खडायतले जरुरी काम छ भन्दै भाउजू नाता पर्ने ४२ वर्षीया अनिभा खडायतलाई घरबाट करिब ५० मिटर टाढा रहेको उखुबारीमा लगेर ज बरजस्ती करणी गरेको प्रहरीको अभियोजनपत्रमा उल्लेख छ।
त्यसक्रममा अनिभाले प्रतिकार गरेपछि ढुंगाले टाउकोमा हानेर घाइते बनाई ब लात्कारपछि नजिकै ओढारमा रहेको खर र नरुवा राखी जिउँदै जलाएर अनिभाको ह त्या भएको थियो। बलात्कारपछि कडायतले अनिभाको कान र नाकमा लगाएको सुनका गहनासमेत लुटेर लगेका थिए।
