जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको श व घर नजिकैको मकै बारीमा फेला परेको हो ।
विजयकी आमा मकै बारीमा गएका बेला श व देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको श व बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ ।
स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए ।
