काठमाण्डाै l कालीकाेटकाे तिलागुफा नगरपालिकामा बाढी पहिराेबाट प्रभावितहरूका राहत सामग्री लिएर आएकाे हेलिकप्टर अवतरण हुन नसकी फर्किएकाे छ ।
बाढी पहिराे प्रभावितहरूका लागि प्रदेश सरकारबाट राहत सामग्री लिएर आएको नेपाली सेनाकाे फिस्टेल एअर हेलिकप्टर खबर माैसमका कारण अवतरण हुन नसकी फर्किएको हाे ।
यसैबीच हेलिकप्टरले शुभकालिका गाउँपालिका ३ की ५३ वर्षीया धना तिरुवा र खुट्टा फ्याक्चर भएका सान्नी त्रिवेणी गाउँपालिका १ लुसाका १४ वर्षीय अपिल जैसीलाई प्रदेश अस्पताल लिएर फर्किएकाे छ ।
यो पनि
संविधान जोगाउन गठबन्धनले जीत्नुपर्छ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिएका छन् ।
गठबन्धन दलद्वारा आज बागलुङ सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले चुनावमा अग्रगमनकारी शक्तिले जित्ने की परिवर्तन विरोधीले भन्ने विषय गम्भीर प्रश्न बनेर आएको उल्लेख गरे। “अहिलेको चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो, संविधान र गणतन्त्र जोगाउन अग्रगमनले जित्नैपर्छ, यो जीवनमरणको प्रश्न हो”, उनले भने, “राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुस् ।”
उनले संविधानका उपलब्धिको रक्षा गर्ने सर्तमा भिन्न विचार र कार्यशैली भएका दलहरुबीचमा संयुक्त चुनावी मोर्चा बनेको धारणा राखे ।
अध्यक्ष केसीले चुनाव जितेर संसद्मा गएपछि आफूले आधारभूत तहका जनताको आवाजको प्रतिनिधित्व गर्ने बताए। विसं २०५६ र २०६४ को चुनावमा बागलुङ–२ बाट चुनाव जितेका केसी अहिलेको चुनावमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।
