काठमाडौं । बझाङमा भालुको आक्रमणबाट एक महिला घाईते भएकी छिन्। खप्तड छान्ना गाउँपालिका–४ माझीगाउँकी २८ वर्षीया अंकिरा रोकाया भालुको आक्रमणबाट घाईते भएकी हुन्।
घरदेखि २ किलोमिटर टाढा दखोला भन्ने स्थानमा स्याउला काट्न जाने क्रममा बाटोमा भालुले रोकायालाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। भालुले उनको टाउको, अनुहार, छाती र खुट्टामा टोकेर घाईते बनाएको छ। उनलाई जिल्ला अस्पताल बझाङमा उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ।
