एलजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक गरेको छ । सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ एयर कन्डिसनर श्रृंखला सार्वजनिक गरिएको हो ।
नयाँ डुअलकुल एयर कन्डिसनरमा “किलोवाट म्यानेजर” नामक स्मार्ट प्रविधि समावेश गरिएको छ, जसले उपभोक्तालाई विद्युत् खपत नियन्त्रण गर्न तथा बिल व्यवस्थापन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
एलजीका अनुसार डुअल इन्भर्टर कम्प्रेसरले ७० प्रतिशतसम्म ऊर्जा बचत र ४० प्रतिशत छिटो शीतलन प्रदान गर्छ । साथै “फ्रिज क्लिन” सुविधाले एयर कन्डिसनरको भित्री भाग सफा राख्दै स्वच्छ हावा प्रवाह सुनिश्चित गर्ने बताइएको छ ।
कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निरवान चौधरीले उत्पादन सार्वजनिक गरेका थिए । सीजी इलेक्ट्रोनिक्सका महाप्रबन्धक गौरव हमालले नेपाली उपभोक्ताको ऊर्जा बचत आवश्यकतालाई ध्यानमा राखेर नयाँ प्रविधि ल्याइएको बताए ।




