काठमाडौँ । नेपाली अनलाइन सञ्चार माध्यम राइट संचारको आधिकारिक युट्युब च्यानल ह्याक भएको छ ।
आज दिउसो करिब १ बजेतिर च्यानल ह्याक भएको हो ।
राइट संचारका अध्यक्ष अर्जुन बिष्टले युटुब च्यानल ह्याक भएको जानकारी दिएका छन् । “केहि समय अघि मात्र हाम्रो राइट संचारको अफिसियल युट्यब च्यानल ह्याक गरिएको छ। अन्य साथीहरूको पनि धेरैको यस्तै समस्या आएको जानकारी पाएको छु। सावधान रहनुहोला। हाम्रो टिम युट्युबसँग कुरा गरिरहेको छ,” अध्यक्ष बिष्टले फेसबुकमा लेखेका छन् ।
ह्याक भएको च्यानलमा तीन लाख ७५ हजारभन्दा बढी सब्सक्राइबर रहेका छन् ।
च्यानलको लोगो र कभर फोटो अहिलेसम्म परिवर्तन गरीएको छैन् भने अन्य सामग्री पनि यथावत् छन् ।
