नेपाली कांग्रेसले डडेलधुराबाट पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति शेरबहादुर देउवा नलड्ने भएपछि नैनसिंह महरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस संसदीय बोर्डको बैठकले महरलाई डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तोकेको हो । २०४८ सालदेखि निरन्तर डडेलधुराबाट चुनाव लड्दै आएका देउवाले यसपटक उम्मेदवारी नदिने घोषणा गरेपछि ३४ वर्षपछि कांग्रेसले यो क्षेत्रमा उम्मेदवार परिवर्तन गरेको छ । देउवा सातपटकसम्म यो क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए ।
नैनसिंह महर नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व नेपाल विद्यार्थी संघका अध्यक्ष हुन् ।
उनी डडेलधुरा जिल्लाकै स्थानीय नेता हुन् र पार्टीभित्र देउवा निकट मानिन्छन् ।
