काठमाडौं । बाजुराको गुइगाड खोलामा निर्माणाधीन पुल १५ वर्षसम्म अलपत्र पार्ने ‘राजेन्द्र–थेगी जेभी’ निर्माण कम्पनीमाथि १७ करोड ९९ लाख रुपैयाँ जरिबाना गरिएको छ। २०६८ सालमा भएको ठेक्का सम्झौताअनुसार २०७० साउनभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल गुणस्तरहीन र भारवहन क्षमता कमजोर बनाएर अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय साँफेबगरले कडा का’र’बाही गरेको हो।
करिब ९ करोड रुपैयाँ लागत अनुमान गरिएको पुल ५ करोड ९६ लाख रुपैयाँमा निर्माण गर्ने जिम्मा कम्पनीले लिएको थियो। तर उक्त काम अलपत्रै छाडेपछि पटकपटक काम सम्पन्न गर्न पत्राचार गर्दा पनि बेवास्ता गरेपछि निर्माण कम्पनी राजेन्द्र–थेगिम जेभीलाई जरिबानाका लागि सार्वजनिक सूचना जारी गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सुभाष शाहले जानकारी दिए ।
अहिले विकल्पका रूपमा बेलिब्रिज निर्माणको तयारी भइरहेको छ भने जरिबाना रकम असुल उपर गर्न प्रक्रिया अगाडि बढाइसकिएको डिभिजनले जनाएको छ ।
यता, रास्वपा सरकार गठनपछि यसको प्रभाव देखिन थालेको चर्चा पनि सुरु भइसकेको छ। चुनावअघि धनगढीमा आयोजित रास्वपाको चुनावी सभामा बालेनले काम नगर्ने ठेकेदारमाथि कडा का’र’बा’ही गर्ने बताएका थिए। १५ वर्षसम्म टुलुटुलु हेरेर बसेको सडक डिभिजन कार्यालयले अचानक कडा एक्सन लिनु बालेन सरकारको प्रभाव हो कि भन्ने चर्चा अहिले हुन थालेको हो।
