एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए । गत वर्ष यही दिन एक ठाउँमा मात्र डढेलो लागेको थियो ‘बिहीबार धेरैतिर डढेलो लागेको देखिन्छ,’ नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दै शर्माले भने, ‘यति डढेलो विगतमा कहिल्यै लागेको थिएन ।’मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ । यो वर्ष रसुवा, ताप्लेजुङ, मनाङ, गोरखा, लमजुङलगायतका हिमाली जिल्लामा मंसिरदेखि डढेलो लागेको हो । केही हिमाली जिल्लामा अझै डढेलो नियन्त्रणमा आएको छैन । अघिल्ला ५ वर्षको कात्तिकदेखि चैतसम्मका डढेलोको तथ्यांकलाई विश्लेषण गर्दा पनि बिहीबारको डढेलो संख्या उच्च हो
राजधानी काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदुषित शहरमा परेको छ । विश्वको प्रदूषण मापन गर्ने आइक्यू एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै सबैभन्दा बढी वायु प्रदूषित शहरमा राखेको हो । प्रदूषित शहको तालिकाको दोस्रोमा चीनको राजधानी बेइजिङ रहेको छ । काठमाडौंमा प्रदुषण बढ्दा हवाइ उडानमा समेत असर परेको छ । त्रिभूवन विमानस्थल स्रोतका अनुसार शुक्रबार मध्यान्ह उडान तथा अवतरण दुवै बन्द गरिएको छ । भारतको विभिन्न स्थानबाट उडेर आएको धुलोका साथै काठमाडौं उपत्यकामा सुख्खापन छाएका कारण वायु प्रदुषण भएको बिज्ञहरुको भनाइ छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने भएकाले सचेत रहन विज्ञहरुले आग्रह गरेका छन् । विज्ञहरूले बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन पनि आग्रह गरेका छन् ।
