मुम्बई । कोरोना संक्रमणको त्रास क्रमिक रूपमा मत्थर हुँदै गएसँगै भारतीय चलचित्र रिलिज हुन थालेका थिए । सन् २०२१ को अन्त्यतिरबाट थुप्रै ठूला बजेटका चलचित्रको रिलिज मिति तोकिएको थियो ।
वर्ष २०२२ को सुरुवातमा नै साउथ र बलिउड स्टारहरू रहेको एसएस राजमौलीको बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’को रिलिज मिति तय थियो । तर, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो संक्रमणका कारण हलहरू पुनः बन्द भए । रिलिज अनिश्चितकालका लागि स्थगित गरियो ।
यसले भारतको मनोरञ्जन क्षेत्रमा कोरोनाको पुनः असर प्रस्ट्याउँछ । यसका साथै पुनः कलाकारहरू कोरोनाको चपेटामा पनि पर्न थालेका छन्
यो वष थुप्रै बलिउड र दक्षिण भारतीय चलचत्रिहरू रिलिजका लागि तयार छन् । तर, ओमिक्रोनको बढ्दो त्रासकले ती चलचित्रहरू पनि तोकिएकै मितिमा रिलिज हुन्छन् अथवा स्थगीत निश्चित छैन ।
बलिउडका दिग्गज कलाकार प्रेम चोपडा र उनकी पत्नी उमा चोपडा कोरोना संक्रमित भएका छन् । चोपडा जोडी यतिबेला लिलिवती अस्पतालमा डा. जलील पार्करको निगरानीमा छन् ।
यसअघि सोमबार ३ जनवरीमा भारतको चर्चित टेलिश्रृंखलाका निर्मात्री एकता कपुर कोरोनाको चपेटामा आएको खबर आयो । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूले सावधानी अपनाउँदा पनि कोरोना संक्रमण भएको उल्लेख गरेकी छिन् ।
एकता लेख्छिन्, “सावधानी अपनाए बावजुद पनि म कोरोना पोजेटिभ भएको छु । म ठिक छु तर मेरो सम्पर्कमा आउनु भएका सबैलाई कोेरोना परीक्षण गराउन आग्रह गर्दछु ।”
सोही दिन अभिनेता जोन अब्राहम र उनकी पत्नी प्रिया रुन्च पनि कोरोना पोजेटिभ भएको खबर आएको थियो । सामान्य लक्षणहरू मात्रै देखिएकाले उनीहरू होम क्वारिन्टिनमा छन् । उनीहरूले कोरोनाको खोप लगाएका थिए ।
अर्का बलिउड कलाकार डेलजान इरानी पनि कोरोनाको चपेटा परेकी छिन् । उनले पनि यतिधेरै सावधानी अपनाइरहँदा पनि कसरी कोरोना संक्रमण भयो भन्ने थाहा नभएको बताएकी छिन् ।
२०२१ को अन्तिमतिर अभिनेत्री करिना कपुर र अमृता अरोरा कोरोना संक्रमित भएको खबर आएको थियो ।
