कजाकिस्तानमा ग्याँसको मूल्यवृद्धिको विषयलाई लिएर सुरु भएको प्रदर्शनले अब हिंस्रक रुप लिएको छ । अवस्था अनियन्त्रित भएपछि प्रदर्शन नियन्त्रण गर्न रुसी सेनालाई कजाकिस्तान बोलाइएको छ ।
अब राष्ट्रपति कासिम जोमार्त तोकायेभले स्वयंलाई सुरक्षा परिषदको प्रमुखको रुपमा घोषणा गरेका छन् ।
तोकायेभ तीनै व्यक्ति हुन्, जो सन् २०१९ मा नजरबायेभ हटेपछि कजाकिस्तानका राष्ट्रपति बनेका थिए । गत वर्ष अर्थात् २०२१ मै नजारबायेभले आपूmसँग बाँकी भएको दुई महत्वपूर्ण जिम्मेवारी तोकायेभलाई सुम्पिएका थिए ।
यसमा ‘एसेम्बली अफ द पीपुल्स अफ कजाकिस्तान’ को अध्यक्षको पद र नूर ओटान पार्टीका नेताको पद पनि समावेश थियो ।
कजाकिस्तानमा नुरसुल्तान नजरबायेभको शक्ति यस आधारमा पनि आँकलन गर्न सकिन्छ कि राष्ट्रपतिको पदबाट हटेको करिब ३ वर्षपछि पनि त्यहाँ हुने सबै घटनालाई उनी, उनको परिवार वा सहयोगीसँग जोडेर हेर्ने गरिएको थियो । हाल भइरहेको प्रदर्शनमा पनि प्रदर्शनकारी उनको विरोधमा नारा लगाइरहेको सुनिएको छ । साथै कयौँ ठाउँमा उनको मूर्ति पनि हटाइएको छ ।
नजरबायेभप्रति किन यत्तिको आक्रोश ?
आखिर मानिसमा नजरबायेभलाई लिएर यत्तिको रिस किन देखिएको छ त ? कजाकिस्तान पहिले सोभियत संघको हिस्सा रहँदै आएको थियो । संघको विघटनदेखि सन् २०१९ सम्म नजरबायेभ कजाकिस्तानको राष्ट्रपति थिए । यसैले त्यहाँका जनता कजनकिस्तानको हालत यस्तो हुनुमा उनकै हात भएको उनीहरु मान्छन् ।
स्रोत–साधनले सम्पन्न यो देशको क्षेत्रफल भारत भन्दा थोरै मात्र कम अर्थात २७ लाख वर्ग किलोमिटर छ ।
योे देशको आशा पनि बढिरहेको छ । तर यहाँको जनसंख्या २ करोड भन्दा पनि कम छ । यीबाहेक अन्य थुप्रै कारण छन् जसका कारण यो देशको इलाकामा अरु देशको कुनै असर हुन सकेको छैन ।
नजरबायेभको शासनकालमा मानिसको रिस र नागरिक समाज दुवैलाई फस्टाउन दिइएन । यसैगरी सम्पत्तिको वितरण पनि असमान ढंगले बढिरह्यो ।
