काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बैठक राखेका हुन् ।
आज बिहान सवा ९ बजेदेखि बैठक बसिरहेको हो । संसद् विघटन, विपक्षी गठबन्धनको रणनीति, अदालती प्रक्रिया र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ ।
संसद् विघटनलगायत घटनाक्रमपछि कांग्रेस सभापति देउवाको सक्रियता बढेको छ । देउवाले मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेताहरुसित नयाँ बानेश्वरमा छलफल गरेका थिए । त्यसपछि आज कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको हो । विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ ।
