नेकपा एमालेले सुदूरपश्चिमका तीन मन्त्रीसँग २४ घण्टे स्पष्टीकरण मागेको छ।
माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन स्थायी कमिटीले गरेको निर्णय नमानेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण मागेको हो।
प्रदेशमा एमालेबाट आर्थिक मामिला तथा कानुन मन्त्री रहेका प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्टलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन गरिएको छ।
उनीहरूमाथि पटक-पटक पार्टीको निर्णय अवज्ञा गरेको, पार्टी एकताविरूद्ध र विखण्डनको पक्षपोषण गरेको आरोप लगाइएको छ।
प्रदेश सरकारको मन्त्रिमण्डलमा रहेर पदीय गरिमाको दुरूपयोग गरेको, नेतृत्वलाई पार्टीविरूद्ध उक्साउने, भड्काउने काम गरेको आरोप पनि उनीहरूमाथि
प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले २४ घण्टाभित्र तीनै जना मन्त्रीलाई स्पष्टीकरण दिन निर्देशन गरिएको बताए।
उनले अन्यथा पार्टीको विधान अनुसार कारबाही गर्न सकिने बताए
लगाइएको छ।
