मुम्बई । अभिनेता सलमान खानको पछिल्लो चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाइ’ कोरोना महामारीका कारण भारतमा डिजिटल प्लेटफर्ममा रिलिज भयो । इदको अवसर पारेर मे १३ मा रिलिज भएको यस चलचित्रले जिप्लेक्समा पहिलो दिन रेकर्ड तोडदै भ्युअर्स कमाएको थियो । यद्यपि चलचित्र कारात्मक समिक्षाबाट सुरु गरेको थियो ।
धेरैले सलमानको अभिनयमा नभई चलचित्रको निर्देशन र स्क्रिप्ट लेखनको पाटोलाई कमजोर भनेर प्रतिक्रिया दिएका थिए ।
यस्तैमा सलमानका पिता तथा पटकथालेखक सलीम खानले पनि सलमानको चलचित्र राम्रो नभएको प्रतिक्रिया दिएका छन् । एक भारतीय पत्रिकासँग कुरा गर्दै उनले भने, “समीक्षकहरूले सलमानको राधेमा उसको अघिल्लो चलचित्रको पुनारावृत्ति महसुस गरिरहेका छन् । राधे अघिको चलचित्र ‘दबंग ३’ फरक थियो र सलमानको ‘बजरंगी भाइजान’ पनि बिल्कुलै फरक र उत्कृष्ट थिए ।”
व्यवसायिक चलचित्रहरूमाथि उक्त चलचित्रसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध हुने हरेक व्यक्तिले पैसा कमाउन भन्ने जिम्मेवारी हुने सलीमले बताए । यो नै सिनेमा निर्माण र व्यवसायको चक्र भएको भन्दै राधेमा सलमानको प्रस्तुतिले स्टेकहोल्डरहरू फाइदामा भएको अन्यथा चलचित्र राम्रो नभएको उनको भनाइ छ ।
यसका साथै सलीम खानले इन्डस्ट्रिमा राम्रा पटकथा लेखक नभएको महसुस पनि गरेका छन् । यसको कारण भनेको उनीहरूले हिन्दी र उर्दु उपन्यासहरू नपढेको सलीमको आरोप छ ।
बाहिर जे देख्छन् त्यसैलाई भारतीय बनाउन कोशिस गर्ने सलीमको बुझाइ छ । सलीमकाअनुसार चलचित्र ‘जन्जीर’ ले भारतीय सिनेमालाई सही मार्गमा फर्काएको र त्यसबेलादेखि लेखक जोडी सलीम–जावेदको प्रतिस्थापनमा कोही नआएको पनि दाबी गरे । बलिउड हंगामाबाट
