काठमाडौंस् कोरोनाले विश्वलाई नै प्रभावित बनाइरहेको बेला नेपाल पनि यस महामारी बाट अछुत रहन सकेको छैन।
कोरोनाको दोस्रो लहर नेपालमा बढे संगै नेपाल भरिका विभिन्न स्वास्थ्य चौकी हरुमा कोरोना संक्रमित हरुलाइ
अति आवश्यक पर्ने औसधि लगायतका स्वास्थ सामग्री हरुको अभाव देखिन थालेको छ ।
गोर्खा जिल्लाको गण्डकी गाउँपालिका वडा नं।१ मा पर्ने मकै सिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कोरोना संक्रमितहरुलाई आवश्यक पर्ने स्वास्थ सामग्रीहरुको अभाव देखिएको छ ।
पछिल्लो समय नेपालमा आएका विभिन्न बिपत्तहरुमा सहयोग गर्दै आएको अमेरिकामा रहेको ूहिमालयन हेल्पिङ ह्याण्डू नामक संस्थाले गोर्खा जिल्लाको मकै सिङ स्वास्थ केन्द्रका लागि पनि रु ५ लाख बराबरको स्वास्थ सामग्रीहरु प्रदान गरेको छ।


