जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असंवैधानिक रहेकोले अस्वीकार गर्नुपर्ने बताएको छ।
‘संविधानको धारालाई कुल्चिएर राष्ट्रपतिले घोषणा गरेको केपी ओली सरकार पूर्णतः असंवैधानिक रहेको हाम्रो ठहर छ,’ अध्यक्ष रूपनारायण श्रेष्ठले आइतबार निकालेको विज्ञप्तिमा भनिएको छ।
उनले असंवैधानिक तवरबाट बनेको सरकारलाई स्वीकार गर्न नहुने बताएका छन्।
‘क्रूर, जनतामारा सरकारलाई हामीले किन सरकार मान्ने? त्यसैले लोकतन्त्र र विधिको शासन मान्ने आमन्यायप्रेमी समुदायलाई हामी हार्दिक अपिल गर्न चाहन्छौं कि यो असंवैधानिक र असफल सरकारलाई सबै ठाउँबाट अस्विकार गरौं र जनमुखी लोकतान्त्रिक विधिको शासनको लागि स्वाधीन संवैधानिक सरकार गठन गराउन संघर्षमा एकताबद्ध होऔं,’ उनले भनेका छन्।
