सोलिडारिटी फर गोविन्द केसी एलाइन्सका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
माइतीघर मण्डलामा प्रदर्शनमा गएकाहरूलाई हस्तक्षेप गरी प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा छिरिङ तामाङ, सचिन तिमल्सिना, लोकस कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशीविक्रम कार्की छन्।
बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिइन लागेको भन्दै प्रदर्शनमा गएकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।
एलाइन्सका संयोजक जीवन क्षेत्रीले सदस्यहरू पक्राउ परेको पुष्टि गरे।
उनले प्रेस विज्ञप्ति जारी गरी भोलि जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर झापास्थित बिएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन लागिएको विरोधमा प्रदर्शन गरिएको थियो।
‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५, काठमाडौं विश्वविद्यालय ऐन २०४८ तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को प्रतिकूल हुने गरी सम्बन्धन दिन प्रयास हुनुले देशका प्रधानमन्त्री आफैंले कानुनी राजको उपहास गरिरहेको देखाउँछ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यो अवस्थामा पक्राउ परेका हाम्रा सबै साथीहरूलाई तत्काल विनासर्त रिहा गर्न माग गर्दर्छौं।’
