ठाउँहरुमा गएर अर्काको दुख उजागार गर्नु नै पत्रकारको काम हो । विगतमा अछामका ध्रुव बीसी पनि यस्तै काम गर्दै आएका थिए । पत्रकार भएपनि उनले समाचार नलेखेको ठ्याक्कै एक वर्ष भयो । यसको पनि दुस्खद कारण छ । यसअघि उनी हिमालय टेलिभिजन, नयाँ पत्रिका दैनिकका सम्वाददाता रहेर काम गरिसकेका थिए ।
ध्रुव बिसिले पछिल्लो समय अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक भएर काम गरेका थिए।उच्च रक्तचाप का कारण दुबै मृगौला फेल भएर उनी हाल भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अनि निदान हस्पिटल पुल्चोकमा हप्ताको २ पटक डायलासिस गरेर बाँचिरहेका छन् ।
बिसी भन्छन्,मेरो स्वास्थ्य झनझन बिग्रँदै गइरहेको छ । अहिलेसम्म उपचार लगायत सबै खर्च गरेर करिब १८ लाख सकियो । तत्काल मृगौला प्रत्यारोपण गरेमा मेरो जीवन पहिले झैं हुन्छ । मलाई थप २० लाख जति आवश्यक छ, यसमध्ये सहयोगी साथी र शुभेच्छुकबाट ५ लाख जति जम्मा भै सकेको छ । अब १५ लाख जुटाउन पाए, म बाँच्ने थिएँ ।ू
नयाँ मृगौला फेर्नका लागि निकै ठूलो रकम आवश्यक पर्दछ तत्काल मृगौला प्रत्यारोपण नगरे डाक्टरले ज्यान नै जोखिममा हुने उनलाई बताएका छन् । हुँदा अहिले उनी आर्थिक सहयोगका लागि आग्रह गरिरहेका छन् । पत्रकार बीसी भन्छन् जीवनको अन्तिम घडीमा एकपटक यहाँहरुको सहयोगको आशा गरेको छु, मलाई बचाउनुहोस्
बिसीलाई आइएमई ९ध्रुव बिसी, नागरीकता नं। ६९१०६९ ३५०७ अछाम हाल भक्तपुर नेपाल० इसेवा ९९८५११३०९६५० या बैंक ट्रान्सफर ९ध्रुब बिसी, राष्ट्रिय वाणिज्य बैंक, मंगलसेन अछाम
शाखा खाता नं। ४२६०१००००६३४२०१०० मार्फत रकम सहयोग गर्न सकिनेछ । उनले सबै सहयोगीहरुले दिएको रकम सार्वजनिक गर्ने समेत जनाएका छन् ।
