कञ्चनपुरको देबकोट नगरपालिका,०५ कि एककिशोरीलाई सामुदायिक बलात्कारको आरोपमा प्रहरीले शुक्रबार स्थानिय एक युवकलाई पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक युबक फरार छन् ।प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।
बिहिवार दिउँसो किशोरीको घर नजिकै रहेको नर्सरीमा लगेर बियर खुवाएर दुबै जनाले जबरजस्ती गरेको प्रहरीले जनाएको छ। शारीरिक अपांगता भएकी किशोरीलाई दुबै जनाले ललाइफकाइ नर्सरीमा लगेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले बताए। घटना बारे थप अनुसन्धान भइरहेको छ ।
बलात्कारको आरोपमा प्रहरीले वेदकोट नगरपालिका ०६ का २३ वर्षिय धन बहादुर बिकलाइ पक्राउ गरेको हो। सोही नगरपालिका ०५ का अर्का युवक फरार रहेको प्रहरीले जनाएको छ । फरार युवक पीडित किशोरीका छिमेकी हुन् ।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। बिहिवार दिउँसो घटना भएपछि साझमात्रै प्रहरी कहाँ जानकारी आएको थियो ।
