सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृ’त्यु भएको छ। प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृ’त्यु भएको पुष्टि गरेको जानकारी दिए।उनका अनुसार यो भन्दा थप मान’वी’य क्ष’तिको विवरण आएको छैन।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्ष’ति पुर्याएको छ।
हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल ब’गे’का छन्। सडकहरु पनि भ’त्कि’एकाले यातायात सम्पर्क वि’च्छेद भएको छ।हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
