डडेल्धुरामा खोप पुर्याउन हिँडेकी स्वास्थ्यकर्मीको शव फेला परेको छ ।
परशुराम नगरपालिका–८को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उनको शव परशुराम–९ को हट्वानी सामुदायिक वनमा आज भेटिएको छ ।
अस्मिता २ असारमा कार्यालयबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पतालतर्फ गएकी थिइन् । त्यसको चार दिनपछि उनको शव फेला परेको हो ।
मुखमा चोट लागेको अवस्थामा शव भेटिएको र हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने प्रहरीले अनुसन्धान थालेको छ ।
मूलबाटोदेखि ६० देखि ७० मिटरको दूरीमा शव फेला परेको हो । शवको केही तल कोभिड भ्याक्सिन बक्स पनि भेटिएको छ । पोस्टमार्टमका लागि शव जोगबुडा अस्पतालमा लगिएको छ ।
