मुस्ताङको लेतेको कोल्ड स्टोरमा को’रोनाविरुद्धको खोप राखिएको थियो। टुकुचेबाट साथीहरु खोप लिन जानु भएको थियो। तर छपताङ् खोला बढेपछि गाडी तर्न सकेन। गाडी तर्न नसकेपछि खोप कसरी ल्याउन सकिन्छ भन्दा त्यो जुक्ति निस्किएको थियो।
साथीहरुले खोलामा खोप तार्न फलामको डन्डी प्रयोग गर्नु भएको थियो। यो असाध्यै अप्ठ्यारो थियो। खोप तार्दै गरेको भिडिओ टुकुचे स्वास्थ्य चौकीमा कार्यरत विपीन केसीले खिच्नु भएको रहेछ। टुकुचे स्वास्थ्य चौ’कीमा आएपछि उहाँले हामीलाई भिडिओ देखाउनु भयो।
‘सिस्टर हेर्नुस् यस्तो गा’ह्रो गरेर खोप ल्याइयो। पानीमा पनि भिजियो,’ साथीहरुले भन्नु भयो। भिडिओ हेर्दा पनि थाहा हुन्छ, साथीहरुले कति क’ठिनसाथ खोप ल्याउनु भएको थियो। खोलामा खोप तार्न त्यो नै सबैभन्दा उपयुक्त उपाय थियो। उहाँलाई मैले सामाजिक सञ्जालमा यो राख्न अनुरोध गरेँ।
उहाँले सँधै राम्रो प्रतिक्रिया नआउन पनि सक्छ नराखौँ पनि भन्नु भयो। खोप पास गरेको तरिकाले म प्रभावित भएकी थिएँ। तपाईँले नराख्ने भए म राख्छु भनेँ। लालबहादुर सर पीपीई लगाएर जानु भएको थियो। उहाँले लगाएको पीपीईले पनि भिडिओ झन् आकर्षक देखिएको थियो।
