काठमाडौं : नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बस्दैछ।
महासचिवको अध्यक्षतामा बस्ने समिति बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने नेकपाले जनाएको छ।
बैठकमा केन्द्रीय सचिवालय बैठकका एजेन्डा तयार गर्ने नेकपा एमालेले जनाएको छ।
एमाले केन्द्रीय सचिवालय बैठक सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
