कुबेतका वैज्ञानिकहरुले गाईको गोबरबाट खजुरको बाली सपार्न निकै उपयोगी हुने रिसर्चबाट निष्कर्ष निकालेका छन् । उनीहरुले यसकारण ठूलो परिमाणमा गोबरको माग गरेका छन् । कुबेतले भारतबाट पनि गाईको गोबर माग गरेको छ । गोबरको पाउडर खजुरको विरुवामा प्रयोग गरिने उल्लेख छ । कुबेतको कम्पनी लैमोरले गाईको गोबरको माग गरेको हो ।
१ असार अर्थात् १५ जूनमा भारतले १९२ मेट्रिक टन गाईको गोबर कुबेत पठाउने भएको छ । गोबर त्यहाँको भन्सार विभागको निगरानीमा श्री पिंजरापोल गौशालास्थित सनराईज अर्गानिक पार्कको कन्टेनरबाट गोबर प्याकिंग गरिने दैनिक भाष्करले लेखेको छ ।
भारतमा ३० लाख टन गोबर दैनिक उत्पादन हुने गरेको तथ्यांक छ । जसमध्ये ३० प्रतिशतको जलाइने गरिन्छ । बेलायतमा गोबरबाट १६ लाख यूनिट बिजुली उत्पादन गरिन्छ । चीनमा गोबरग्याँसबाट डेढ करोड परिवारका लागि घरेलु ऊर्जा आपूर्ति गरिन्छ
