६ महिना अघि नेपाल विद्यार्थी संघ र प्राध्यापकहरुले उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा लगाएको ताला ६ बुंदे सहमतिपछि खुलाइएको हो ।
नेविसंघले शुक्रबार र आंशिक प्राध्यापक संघले आइतबार ताला खोलेका हुन् । तालाखोलेसँगै अब त्रिविका प्रशासनिक कामहरु नियमित हुने भएका छन् ।
विश्वविद्यालयले वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुंदे सहमति भएको छ ।
