रुस भ्रमणको क्रममा दुवै देशको खेलकुद विकास र प्रवर्धनमा सहकार्य गर्न विभिन्न विषयहरुमा छलफल हुने बताइएको छ ।
त्यसैगरी, नेपाल र रुसका बक्सिङ खेलाडीहरुको प्रशिक्षण आदान–प्रदान, बक्सिङ प्रशिक्षकहरुको क्षमता विकास र बृद्धिमा सहयोग गर्ने, नेपाल रुसबीच मैत्रीपूर्ण बक्सिङ एवं अन्य खेलकुद प्रतियोगिा आयोजना एवं सहभागिता गराउने, रुसको स्पोर्ट्स साइन्स कलेजमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गर्नेलगायतको विषयमा छलफल हुने बताइएको छ ।
