काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बिहिबार सम्पादकहरुको छलफलमा अध्यक्ष दाहालले राज्यका संयन्त्रहरू कमजोर भएको बताएका छन्।
उनले संवैधानिक निकायहरू यति कमजोर भएको आफूले यसअघि कहिल्यै नदेखेको बताए।
अहिलेको राष्ट्रपतिमा भन्दा पहिलेका राजाहरुमा नै शान रहेको प्रचण्डको भनाई थियो।
राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा मात्र चलेको आरोप लगाउँदै अध्यक्ष दाहालले राष्ट्रपति संस्थाको ओज घटेको बताए।
‘अहिलेको राष्ट्रपतिमा भन्दा राजाहरुमा त बरु शान थियो, अहिले शान पनि छैन, मान पनि छैन। इज्जत पनि छैन। हामीले बनाएको संस्था, राष्ट्रपति त संस्था हो नि।
अहिले राष्ट्रपति केवल प्रधानमन्त्रीको रबरस्ट्याण्ड मात्रै भए’ अन्तक्रियाका क्रममा प्रचण्डले भने, ‘सबै नेताहरु उस्तै उस्तै हुन् भन्ने लाग्ला त्यस्तो होइन, केपी ओली देशका लागि भिलेन हो भन्ने जनताले थाहापाइसके।’
प्रचण्डले प्रधानमन्त्री ओलीमा त बामपन्थी भन्ने कुनै गन्ध नै रहने बताए। प्रधानमन्त्री ओली भन्दा बरु नेपाली कांग्रेस वामपन्थी रहेको अध्यक्ष दाहालको भनाई थियो।
