काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चरम लापरवाहीले परिक्षार्थी हैरान भएका छन् । हिजो मात्रै त्रिभुवन विश्वविद्यालयबाट चार सय बढी उतरपुस्तिका हराएको खबरले समाजिक संजाल तताएको थियो । बेला बेला टियुको लाजमर्दो हर्कत छताछुुल्ल हुुने गरेको छ । केही समय अगाडी टियुले हुुदै नभएको मिति राखेर परिक्षा तालिका सार्बजनिक गरेको थियो । उक्त बिषयले समाजिक संजाल तातेपछि टियुको चर्को आलोचना भयो । चर्को आलोचनापछि टियुले रातारात नयाँ मिति राखेर परिक्षा तालिका सार्बजनिक गरेको थियो । टियुको यस्तो हर्कत देखेर वाक्क दिक्क बनेका परिक्षाथीले आज त्रिभुवन विशवविद्यालयका उपकुलपतिलाई ध्यानाकर्षण पत्र समेत पठाएका छन् । टियुलाई आज ध्यानाकर्षण पत्र पठाएको नेविसंघ केन्द्रिय सदस्य पुजा फुयालले बताउनुभयो । ध्यानाकर्षण पत्रमा भनिएको छ ।, “देश कै सबै भन्दा जेष्ठ र बाहुल्य विद्यार्थीहरुको भविष्य बोकेको अग्रणी शैक्षिक संस्था ‘त्रिभुवन विश्वविद्यालय’ मा पछिल्लो समयमा विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरु पटक पटक देखा पर्दै आएका छन्। पछिल्लो समयमा आएर त्रि।वि देशको राजनीतिक अस्थिरता, दलीय भागवण्डा र बेथितिको रण मैदान बनेको छ ।
देश कै सबै भन्दा जेष्ठ र बाहुल्य विद्यार्थीहरुको भविष्य बोकेको अग्रणी शैक्षिक संस्था ‘त्रिभुवन विश्वविद्यालय’ मा पछिल्लो समयमा विभिन्न व्यवस्थापकीय कमजोरीका शृंखलाहरु पटक पटक देखा पर्दै आएका छन्। पछिल्लो समयमा आएर त्रि।वि देशको राजनीतिक अस्थिरता, दलीय भागवण्डा र बेथितिको रण मैदान बनेको छ। यसको ठूलो कारण राज्यसत्तामा बसेकाहरुले पटक पटकसम्म आफ्नो सत्ता स्वार्थका लागि गरिएका गैरप्राज्ञिक गतिविधिका कारण नै सृजना भएको हो। यस अघि पनि हामीले त्रिभुवन विश्वविद्यालयमा टड्कारो बनेर बसेको ‘दलीय भागवण्डा’’ पदाधिकारी नियुक्त गर्दा होस् वा अन्य कुनै त्रिविको प्रशासनिक काम कारवाहीमा होस् त्यो अन्त्य हुनु पर्छ भनेर देशव्यापी रूपमा अभियान नै सञ्चालन गरेर करिब १५००० विद्यार्थीहरूका तर्फबाट सम्माननीय प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपतिलाई पत्र संकनल गरेका थियौं। सम्मानीय प्रधानमन्त्री ज्यूले विश्वविद्यालयमा दलीय भागवण्डाको अन्त्य हुने र उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट नै नियुक्त हुने आश्वासन समेत जनाउनु भएको तर नियुक्त गर्दा बैमानीपूर्ण ढंगबाट दलीय स्वार्थ बोकेका व्यक्तिलाई नै उपकुलपति नियुक्त गर्नु भयो। त्यसैको निरन्तरता स्वरुप अहिले पनि रजिष्टार र रेक्टर नियुक्ति प्रक्रियामा पनि यस्तै गतिविधिहरुलाई प्रश्रय दिइरहेको देखिएको छ। रजिष्टार र रेक्टर नियुक्ति प्रकियालाई पारदर्शी बनाउनु पर्ने सट्टामा उपकुलपतिले सीमित स्वार्थका लागि दलीय भागवण्डालाई नै प्रश्रय दिइरहेको देखिएको छ ।”
त्रिविको लापरवाहीले लाखौ विद्यार्थीको भविष्य डामाडोल, नेविसंघले उपकुलपतिलाई पठायो ध्यानाकर्षण पत्र
त्रिविको लापरवाहीले लाखौ विद्यार्थीको भविष्य डामाडोल, नेविसंघले उपकुलपतिलाई पठायो ध्यानाकर्षण पत्र
तपाईको प्रतिक्रिया
