काठमाडौँ । बैतडीको डिलाशैनी गाउँपालिकामा जन्मिएका सुरेन्द्र बहादुर पालले सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
एमालेबाट गत प्रदेश सभाको निर्वाचनमा बैतडी निर्वाचन क्षेत्र क बाट प्रत्यक्ष निर्वाचित पालले स्वतन्त्र उम्मेद्वार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतान्तरले र लोकतान्त्रिक बाम गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेसका बिरबहादुर बिष्टलाई १ हजार ८ सय ७८ मतले हराउँदै पाल प्रदेश सभामा निर्वाचित भएका हुन् ।
विसं २०४६ सालदेखि नेपाली राजनीतिमा निस्स्वार्थ भावले सक्रियताका साथ होमिएका पाल बैतडी कम्युनिष्ट आन्दोलन र दीन दुःखी एवं श्रमजीवी वर्गका जनताको लागि महत्वपूर्ण योगदान गरेका छन् । विसं २०५० सालमा एमाले बैतडी जिल्ला कमिटी सदस्य र २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा तत्कालिन रुद्रेश्वर गाउँ विकास समिति अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी निर्वाचित भएपश्चात समग्र गाविसको भौतिक एवं आर्थिक विकासको निम्ति अरोरात्र खटिएर विभिन्न आरोह, अवरोह र कठोर परिस्थितिको पनि सामना गर्दै बैतडीमा कम्युनिष्ट आन्दोलनलाई थप उचाइमा पुर्याइ आफ्नो जीवनमा विभिन्न त्याग, सङ्घर्ष र योगदान गरी २०७१ सालमा एमाले बैतडी जिल्लाको कार्यवाहक नेतृत्व सम्हालेको अनुभव उनीसँग छ ।
विसं २०७५ एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको बैतडी जिल्ला अध्यक्ष भए र नेकपा एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भएको हुन् ।
बैतडी अध्यक्ष भएर जिल्लाको समग्र विकासका लागि अतुलनीय, प्रसंसनीय एवं अविस्मरणीय कार्य गरि पटक पटक आम निर्वाचनमा पनि पार्टीलाई र पार्टीका कुशल एवं सक्षम उमेदवारलाई जिताउनको लागि अहोरात्र खटिएर लागिरहे । एमालेको दसौं जिल्ला अधिवेशनबाट पनि जिल्ला कमिटी अध्यक्षमा पुनः निर्वाचित भए। पाल समग्र जिल्लाको शिक्षा,स्वास्थ्य,भौतिक निमार्णको सवालमा सधैँ कम्मर कसेर लागिरहने अनुभवी नेता हुन् । मन्त्री पालले जनताको बहुदलीय जनवादको कुशल व्याख्याताको रुपमा छवि बनाएका छन् ।
तिनै पालले सोमबार पहिलो पटक एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मामिला मन्त्रालयको कार्यभार सम्हालेका छन्। यो उहाँका लागि अवसर र चुनौती दुवै हो । विशिष्ट खालको परिवेशमा आफूले यो जिम्मेवारी सम्हालेको उहाँको भनाई छ ।
‘पार्टीको निर्णय अनुसार मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको छु, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र शुभ चिन्तक राम्रो गर्नका लागि शुभेच्क्षा प्रकट गरिरहनु भएको छ,’ पालले भने, ‘सकेसम्म राम्रो गर्ने प्रयत्न गर्छु ।
सुदूरपश्चिमको आवश्यक्ता र विशिष्टतालाई ध्यान दिएर बजेट निर्माण, बजेट बाँडफाँड तथा कार्यान्वय गर्ने उनले बताए । यसमा खास गरी दुई कुरामा ध्यान दिने योजना उनको छ । एउटा भौतिक पूर्वाधार निर्माण र अर्को मानविय विकास ।
यी दुवैलाई सँगसँगै लैजाने गरी योजना बनाउने र त्यसका लागि आफूले सक्दो पहल, प्रयास गर्ने प्रतिबद्धता उनको छ । बजेट बनेपनि कार्यान्वयमा समस्या देखिने भएका उनले कार्यान्वयन हुने गरी बजेट विनियोजन गर्ने र कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखेको बताए । बजेट निर्माणको अन्तिम चरणमा रहेकाले सुदूरपश्चिमको सबै क्षेत्र, भूगोल समेटिने गरी बजेटिकरण र योजना बन्ने उनले बताए ।
मन्त्रीको जिम्मेवारी पाएसँगै गृह जिल्ला बैतडी तथा उनको निर्वाचन क्षेत्रमा स्थानीय बासिन्दा, नेता कार्यकर्ताहरुले मुख्य मुख्य ठाउँमा खुसियाली साटासाट गर्नूका साथै दिपावली मनाएका छन् ।
