काठमाडौं । नेकपा एमालेले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही गरेको छ । एमालेबाट कमार्वाहीमा परेका भीम रावल पक्षीय गतिविधिमा सक्रिय देखिएपछि उनीहरुलाई कारबाही गरेको छ ।
एमालेको कार्वार्हीमा पर्नेमा सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला सदस्य भीष्मराज सुवेदी रहेका छन् ।
एमाले कैलाली सचिव ममता प्रसाद चौधरीका अनुसार शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकबाट उनीहरूलाई कारबाही गरेको हो । पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जिल्ला सचिव चौधरीले जानकारी दिए ।
